उड्डयन प्राधिकरणले सोध्यो प्रमुख बालेनलाई स्पष्टीकरण
काठमाडौँ । काठमाडौंँ महानगरपालिकाका मेयर बालेन शाहलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले ७ दिने स्पष्टीकरण सोधेको छ ।
प्राधिकरणले विमानस्थल क्षेत्रको जग्गामा लगाएको तारबार महानगरका प्रमुख मेयर शाहको निर्देशनमा भत्काएपछि शुक्रबार प्राधिकरणले मेयर शाहलाई ७ दिने लिखित स्पष्टीकरण सोधेको हो ।
आज क्यनले एक सूचना निकालेर ७ दिने स्पष्टीकरण सोधेको हो । क्यानका महानिर्देशक प्रदिप अधिकारीले काठमाडौं महानगरपालिकालाई स्पष्टीकरण सोधेको बताए । महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले हिजो प्राधिकरणलाई कुनै जानकारी नदिई फेन्सीङ्ग तार काटेका थिए ।
प्राधिकरणको पत्र भनिएकाे छ, “प्राधिकरणलाई कुनै जानकारी र सूचना नदिई फेन्सीङ्ग तारवार काट्न लाग्दा यस प्राधिकरणका कर्मचारीले यस्तो कार्य नगर्न अनुरोध गरेको थियो । तर, सो कुरालाई अटेर गरी जवर्जस्ती कानून विपरितको कार्य गरे गराएको र सो सम्बन्धि पत्र माग गरेको थियो । नगर प्रमुखको आदेश बमोजिम यो कार्य गरेको हो, त्यहीँ सोध्न जानुस भनी जवाफ अएको थियो । आएकाले नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ७ को कसुरमा नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५(१)बमोजिम सजाय किन नगर्ने हो ? यो पत्र प्राप्त भएको मितिले ७ दिन भित्र लिखित स्पष्टीकरण पेश नगरेमा कानुन बमाेजिम जाने छाैँ । “