१ माघ २०८१, मंगलबार

ट्राफिक प्रहरीको लापसे चेकिङमा ५ जना पक्राउ

प्रकाशित मिति :  17 June, 2023 7:57 am


काठमाडौँ । काठमाडौँको नागढुङ्गामा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ५ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा आउनेमा ना ५ ख ६० ०७ नम्बरको ट्रक चालक चितवनको भरतपुर महानगरपालिका ११ का ३३ वर्षीय अनिल तामाङ, बा ५ ख २४ ६५ नम्बरको निशान गाडीका चालक ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका ५ का २३ वर्षीय नवराज बुढाथोकी, बा १० च ४० २० नम्बरको बलेरो जीप चालक सर्लाहीको ईश्‍वरपुर नगरपालिका १२ का २७ वर्षीय सुनिल कुमार बुढाथोकी, प्रदेश ३(०२(०३ प ८२ ४२ नम्बरको मोटरसाइलका चालक पर्साको कालिकामाई गाउँपालिका ४ का २८ वर्षीय जितेन्द्र गिरी, र लु ४६ प २७ ९६ नम्बरको मोटरसाइकल चालक रुपन्देहीको तिलोत्तमा नगरपालिका ७ का २१ वर्षीय श्रीधर सुवेदी रहेका छन् ।

नियन्त्रणमा लिएका ‍ सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त थानकोटमा राखिएको छ ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङ्गाको संयुक्त टोलिले शुक्रबार २० ओटा सवारी साधनका चालकलाई चेक गर्दा ५ जना भने ‍लागुपदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा फेला परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !