नेपाल बैंकर्स संघ र इन्भेष्ट फर इम्प्याक्ट नेपालबिच सम्झौता
काठमाडौँ । नेपाल बैंकर्स संघ र इन्भेष्ट फर इम्प्याक्ट नेपाल (आइआइएन) बिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । पर्यावरणीय, सामाजिक तथा सुशासनमा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा संचालन गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
यस सम्झौता अनुसार नेपालमा कार्यरत वित्तीय क्षेत्रका जनशक्तिलाई स्पेन, वार्सिलोनामा रहेको युनिर्भसिटी अफ पोमपेयु फाब्रा बार्सिलोना स्कुल अफ मेनेजमेन्ट ९युपिएफ बिएसएम० को वातावरणीय, सामाजिक र सुशासमा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा संचालन गरिने छ ।
सो कार्यक्रमले नेपालको वित्तीय क्षेत्रमा सुशासनस“ग सम्बन्धित विषयमा बैंक तथा वित्तीय संस्थाहरुको कर्मचारीको क्षमताको अभिबृद्धि गर्दै दक्ष जनशक्ति उत्पादनमा सहयोगी भूमिका निभाउने विश्वास लिईएको छ ।
सो सम्झौता पत्रमा संघका अध्यक्ष सुनिल के।सी। र आइआइएनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले हस्ताक्षर गरेका छन् ।