१२ आश्विन २०८१, शनिबार

प्रतिनिधि सभाको बैठक बस्दै, तीन मन्त्रालयको बजेटमाथि छलफल हुने

प्रकाशित मिति :  20 June, 2023 7:43 am


काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । बिहान ११ बजे संघीय संसद् भवन, बानेश्वरमा उक्त बैठक बस्नेछ ।

आजको बैठकमा विनियोजन विधेयक २०८० माथिको छलफल जारी रहनेछ । जसअनुसार आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेटमाथि छलफल हुनेछ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल सकिएको थियो ।



प्रतिक्रिया दिनुहोस !