१२ आश्विन २०८१, शनिबार

नेपाल रामबिना र भारत सीताबिना अधुरो छ : मन्त्री किराँती

प्रकाशित मिति :  20 June, 2023 10:00 am


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल रामविना र भारत सीताविना अधुरो रहेको बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज बिहान लुम्बिनीमा आयोजित योग शिविरलाई सम्बोधन गर्दै मन्त्री किराँतीले सो बताएका हुन ।

योगलाई धार्मिक शारीरिक, मानसिक स्वास्थ्यलाभसंग मात्र नभई मानवलाई योगले बिश्व ब्रह्माण्डसंग र मानव कल्याणको साझा ज्ञान संग जोड्ने जानकारी दिदै योग विश्वव्यापी लोकप्रिय हुँदै गएको बताए ।

२३ सय वर्ष अघिदेखि नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ भएको बताउँदै मन्त्री किराँतीले नेपालको ऊन, नेपालको छाला, जडिबुटी भारतमा प्रख्यात रहेको कुरा कौटिल्यशास्त्रमा उल्लेख गरेको बताउदैँ पछिल्लो समयमा नेपाल सरकारबाट प्रधानमन्त्रीको भारत भ्रमणले इतिहासदेखिको सम्बन्ध पुनः स्थापित गरेको बताए ।

उनले नेपाल सरकार र भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने पक्षमा रहेको बताए ।महेन्द्रनगरबाट नेपाल आउने हवाई रुट र भैरहवालाई रुट सहजताका लागि भारत सरकारसँग सकारात्मक छलफल भइरहेको जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस !