१२ आश्विन २०८१, शनिबार

चोरीको मोटरसाइकल सहित एकजना प्रकाउ

प्रकाशित मिति :  20 June, 2023 11:06 am


काठमाडौँ । चोरीको मोटरसाइकलसहित काठमाडौँको टोखा नगरपालिका वडा नम्बर ९ मनमैजुबाट एक जनालाई सोमबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाराको करैयामाई गाउँपालिका वडा नम्बर ५ घर भई हाल काठमाडौँको नवजागरणटोल बस्दै आएका ३० वर्षीय रामकिशोर सहनीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौँको तार्केश्ववर नगरपालिका वडा नम्बर २ बस्ने गजेन्द्र लामा तामाङले गत बैशाख २६ गते ललितपुरको पाटन अस्पताल अगाडिको पार्किङ स्थलबाट बागमती प्रदेश(०२(०४० प १८२६ नम्बरको २ सय २० सि।सि।को पल्सर मोटरसाइकल हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

वास्तविक नम्बर परिवर्तन गरि बागमती प्रदेश ०२(०२२ प ३३४७ नम्बर राखी चलाइरहेको अवस्थामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायता ‍ईकाइबाट खटिएको टोलीले सहनीलाई मोटरसाइकल सहित फेला पारी मनमैजुबाट साेमबार दिउँसो नियन्त्रणमा लिएको हो । नियन्त्रणमा आएका सहनीलाई थप अनुसन्धान तथा कारबाहीका लागी जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।



प्रतिक्रिया दिनुहोस !