१२ आश्विन २०८१, शनिबार

तोलामा २०० घट्यो सुन

प्रकाशित मिति :  20 June, 2023 11:27 am


काठमाडौँ । नेपाली बजारमा आज मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंको विवरण अनुसार मंगलबार छापावाला सुनको मूल्य तोलामा २०० रुपैयाँ घटेर तोलाको एक लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ११ हजार २५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलाको १४४० रुपैयाँमा कारोबार भएको चाँदी तोलाको १० रुपैयाँ घटेर १४३० रुपैयाँमा किनबेच भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !