१२ आश्विन २०८१, शनिबार

सुदूरपश्चिम प्रदेशका कानुनमन्त्री पृथ्वीबहादुर सिंह चढेको गाडी दुर्घटना हुँदा श्रीमतीसहित २ जनाको मृत्यु

प्रकाशित मिति :  20 June, 2023 4:56 pm


बझाङ । दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह चढेको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुदुरपश्चिम प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी जयपृथ्वी राजमार्गमा दुर्घटना हुँदा मन्त्री सिंहकी श्रीमती अमृता सिंह र भाउजू जयादेवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । प्रहरीका अनुसार गाडीमा मन्त्रिसहित ५ जना सवार रहेको

प्रहरीका अनुसार अहिले मन्त्री सिंह, उनका पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत नेपालगन्ज लगिएको छ ।

मन्त्री सिंह र पीएसओ भण्डारीको अवस्था गम्भीर छ । चालकको अवस्था भने मध्यम रहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !