११ आश्विन २०८१, शुक्रबार

राष्ट्रपति पौडेलको छातीमा पेसमेकर राखियो

प्रकाशित मिति :  20 June, 2023 5:11 pm


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा विशेषज्ञहरुको राय बमोजिम स्थायी पेसमेकर राखिएको छ ।

मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सफलान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको मुटुमा स्थायी पेसमेकर राखिएको अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘७२ घण्टाको नियमित निगरानीका क्रममा सम्माननीयज्यूको मुटुको चाल बेला बखतमा कम हुने देखिएकोले विशेषज्ञहरुको राय बमोजिम पेस मेकर राख्नु पर्ने देखिएकोले आजै सफलतापूर्वक स्थायी पेस मेकर राखिएको छ’ अस्पतालका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अस्पतालका अनुसार मंगलबार मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म लगाएर चिकित्सकहरूले शल्यक्रिया गरेका हुन्। हाल पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको छ । गत मंगलबार पौडेलले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा पनि उपचार गराएका थिए।



प्रतिक्रिया दिनुहोस !