१२ आश्विन २०८१, शनिबार

सडकपेटीमा हुने व्यापार खाली गर्दै वालिङ नगरपालिका

प्रकाशित मिति :  20 June, 2023 5:47 pm


काठमाडौँ । स्याङ्जाको वालिङ नगरपालिकाले सडक पेटिमा राखिएका सामानहरू उठाउन सुरू गरेको छ ।

पालिकाले गत जेठ ३० गते एक सूचना जारी गर्दै बजार व्यवस्थानपनको लागि भन्दै सडक पेटिमा सामान नराख्र व्यापरी तथा व्यवसायीलाई अनुरोध गरेको थियो तर नगरपालिकाको अनुरोधलाई वेवास्ता गरेपछि पालिकाले सोमबारबाट सडक पेटिमा राखिएका सामानहरू उठाउन लगाएको हाे ।

सिद्धार्थ राजमार्ग तथा भित्रि सडकहरूमा सडकपेटि मिचेर राखिएका सामानहरू नगरपालिकाको टोलीले उठाएको हो ।

बजारको सौन्दर्यतालाई कायम राख्न तथा सडक पेटिमा सामान राख्दा हुने दुर्घटना न्युनिकरणका लागि सडक पेटिमा समान नराख्न बजार अनुगमन गरी व्यापारी तथा व्यवसायीलाई आग्रह गरेकाे नगरप्रमुख कृष्ण खाँणले बताए ।

उक्त आग्रहलाई अटेरी गर्नेहरूको सामान उठाउन शुरु गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाकाे अनुसार यसरी उठाइएका सामानहरू पहिलो पटकलाई जरिवाना तिरेर लैजान सक्नेछन भने यदि यस्तो कार्य फेरि दोहोरिएमा उक्त सामानहरू नगरपालिकाले जफत गर्ने समेत चेतावनी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !