१२ आश्विन २०८१, शनिबार

मकवानपुरको पालुङमा एक युवा मृतअवस्थामा फेला

प्रकाशित मिति :  20 June, 2023 5:44 pm


काठमाडौं । मकवानपुरको पालुङमा एक युवा मृतअवस्थामा भेटिएका छन् । गत शनिबारदेखि हराई रहेका राप्ती नगरपालिका –५ भण्डाराका अन्दाजी ३३ वर्षका हरि बर्तौला सोमबार (हिजो) मकवानको पालुङमा मृत अवस्थामा भेटिएको मृतकका छिमेकी सागर सेढाइले बताए ।

गत शनिबार देखि बेपत्ता रहेका बर्तौला मामाघर जाने भनेर हिडेका थिए । परिवारसँग सम्पर्कबिहीन भएपनि खोजी कार्य गर्दा मकवानपूर स्थित पालुङको जंगलमा उनको शव भेटिएको सेढाइले बताए ।

“शवको प्रकृति हेर्दा कसैले हत्या गरेर फाले जस्तो छ ।” सेढाइले भने, “हिजो भिरबाट खसेको भनिएको छ लास हेर्दा आँखामा अनि शरिरका अन्य भागमा पिटेको दाग छ हत्या गरेर चप्पल हातमा लगाइ दिएजस्तो छ, एक ठाउँमा मारेर अर्को ठाउँमा फाले जस्तो देखिन्छ ।”

बर्तौलाकाे आफन्तले हत्या गरेर फालिएको अनुमान गरेका छन् । इलाका प्रहरी कार्यालय पालुङले १३ दिनकाे काम सकिएपछि बोलाएको मृतकका छिमेकी सेढाईले बताए ।



प्रतिक्रिया दिनुहोस !