१२ आश्विन २०८१, शनिबार

गाडी दुर्घटनामा परेका सुदूरपश्चिमका कानूनमन्त्री सिंहको मृत्यु

प्रकाशित मिति :  20 June, 2023 6:13 pm


काठमाडौँ । गाडी दुर्घटनामा गम्भीर घाइते सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ ।

बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा उनको मृत्यु भएको सुदूरपश्चिम प्रहरी कार्यालयले जनाकारी दिएको छ ।

डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुदुरपश्चिम प्रदेश  ०१००१ झ ४८० नम्बरको गाडी बझाङ केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।

सिंहसँगै उपचार गर्न ल्याएका चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको भने उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !