१२ आश्विन २०८१, शनिबार

बुधवारकाे माैसमः कोशी, लुम्बिनी र सुदूरपश्चिममा बिहानैदेखि वर्षा, दिउँसाे र रातकाे माैसम कस्ताे हुनेछ?

प्रकाशित मिति :  21 June, 2023 7:49 am


काठमाडाैँ । बुधवार बिहानदेखि कोशी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । 

विभागका अनुसार दिउँसाे बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

रातकाे समयमा  कोशी , मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र देशको बाँकी भू-भागका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

आज राती कोशी , मधेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको भन्दै विभागले सचेत बनाएकाे छ । 



प्रतिक्रिया दिनुहोस !