१२ आश्विन २०८१, शनिबार

बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

प्रकाशित मिति :  21 June, 2023 11:12 am


काठमाडौँ । बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आज (बुधबार) बिहान ८ बजे गलकोटबाट सदरमुकाम जाँदै गरेको ग १ च ९४८५ नम्बरको जीप मध्यपहाडी लोकमार्गमा पर्ने काठेखोला गाउँपालिका वडा नम्बर ५ ठूलढुंगामा दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरूमा कुश्मा नगरपालिका-१ बागलुङ २९ वर्षीय राजेन्द्र माझी र जैमिनी नगरपालिका-१० राङखानी घर भइ बागलुङ नगरपालिका-२ श्रीनगर बस्ने दुर्गा पौडेल रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

जीप मध्यपहाडी लोकमार्गबाट पाँच सय मिटर तल खसेको हो ।



प्रतिक्रिया दिनुहोस !