१२ आश्विन २०८१, शनिबार

स्वर्गद्वारी महाप्रभुको जन्मस्थान रोल्पाको रुन्टी र तपस्या गरेको गढी क्षेत्रकाे गुरुयोजना गराउन सांसद घर्तीको माग

प्रकाशित मिति :  21 June, 2023 1:25 pm


काठमाडौँ । सांसद इश्वरी घर्तीले स्वर्गद्वारी महाप्रभुको जन्मस्थान रोल्पाको रुन्टी र तपस्या गरेको गढी क्षेत्रका लागि गुरुयोजना गराउन माग गरेकी छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद घर्तीले स्वर्गद्वारी महाप्रभुको जन्मथलो साविक रुन्टीगढी गाउँपालिका वडा नम्बर ९ को रुन्टी भएको स्थानमा भएको र करिब ३५ वर्षको उमेरसम्म रुन्टी गाउँ र होलेरीस्थित गढी लेखमा ध्यान तपस्या गरेको उल्लेख गर्दै यस क्षेत्रका लागि गुरु योजना बनाउनुपर्ने माग गरिन् ।

उनले भनिन्,“रुन्टी र गढीलेक क्षेत्रको क्षेत्रको विकासका लागि एकीकृत सडक,धर्मशाला मन्दिर,यज्ञशालाको निर्माण गरी काम गरी अघी बढाउनुपर्ने छ । मैले बजेट माग गरेर योजना पेश गरे पनि उक्त धार्मिक क्षेत्रलाई प्राथमिकता दिएन ।”

पूर्वाधार र प्रचार प्रसारको अभावले रुन्टी र गढी पुग्ने अवस्था नभएकाले त्यस क्षेत्रको पर्यटकीय विकासका लागि सम्बन्धित मन्त्रालयलाई प्राथमिकतमा राख्नुपर्नेमा जोड दिइन् ।



प्रतिक्रिया दिनुहोस !