१२ आश्विन २०८१, शनिबार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

प्रकाशित मिति :  21 June, 2023 2:40 pm


काठमाडाैँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सबै पक्षले जागरुकता देखाउनुपर्ने बताएका छन् ।

बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टर्ड उडान अवतरण गरिसकेपछि आयोजित कार्यक्रमलाई सम्बोधन उनले उडान नियमित रूपमा गर्न सकेमात्रै पर्यटन प्रवद्र्धन हुने बताए । उनले आजको खुसीयालीलाई नियमित रुपमा कायम राख्न पोखरा महानगर, पर्यटन व्यवसायी, केन्द्रिय सरकार, प्रदेश सरकार र मित्र राष्ट्रहरूले साझा प्रयत्न गर्न आवश्यक रहेको बताए ।

उनले पर्यटनसँग सम्बन्धित संस्था र कर्मचारीहरूले कान ढालेर बसेर विमानस्थल सञ्चालन हुन नसक्ने बताए । उनले भारतसँग जमीनको खुला सीमाना भएजस्तै आकाशमा पनि खुला सीमाना बनउनेतर्फ सोच्नुपर्ने बताए । उनले आकाश खुला भए आवातजावतमा पनि सहज हुने बताए ।

उनले कुनै पनि देशका हवाई कम्पनीहरू फाइदा बिना उडान नभर्ने भन्दै पर्यटन पूर्वाधार विकास गर्न आवश्यक रहेको बताए । नेपाल चीन जोड्ने कोरला नाकामा चिनियाँ पक्षले सबै पूर्वाधार निर्माण गरिसके पनि नेपालले भने अहिलेसम्म कुनै चासो नदेखाएको बताए ।



प्रतिक्रिया दिनुहोस !