१२ आश्विन २०८१, शनिबार

अन्तर्राष्ट्रिय स्तरको राहदानी बनाउने निर्णय कार्यान्वयनमा बेवास्ता गरियो : नेता सिंह

प्रकाशित मिति :  21 June, 2023 5:14 pm


काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले अन्तर्राष्ट्रिय स्तरको राहदानी बनाउने निर्णय कार्यान्वयनमा बेवास्ता गरेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै उनले सरकारले विद्युतीय राहदानी लागू गर्ने निर्णय कार्यान्वयनमा बेबस्ता गर्नु जायज नभएको बताए ।

नेता सिंहले सरकारले उक्त निर्णय कार्यान्वयनमा तदारुकता नदेखाउँदा जनताले समस्या भोग्नुपरेको बताए । उनले नेपाली राहदानीको अन्तर्राष्ट्रिय र्याङ्किङ कमजोर बन्दै गएको समेत बताए । उनले अन्तर्राष्ट्रिय ¥याङ्किङ २०२१ मा १०१ रहेकोमा अहिले १०६ मा झरेको बताए ।

उनले भने, “राहदानीको अन्तर्राष्ट्रिय र्याङ्किङ हुन्छ । नेपालको अन्तर्राष्ट्रिय र्याङ्किङ २०२१ मा १०१ थियो । अहिले २०२३मा १०६ मा झरेको छ । अन्तर्राष्ट्रिय मुलुकमा नेपालको इमेज गइरहेको छ । नेपालको इमेजको बुस्ट गर्नुको लागि के कस्ता उपायहरू अपनाउनुपर्ने हो। त्यसमा परराष्ट्र मन्त्रालयको ध्यान गएको छ की छैन ।”

यस्तै समितिको बैठकमा बोल्दै कांग्रेस नेता विमलेन्द्र निधीले राहदानीमा राजनीतिक व्यक्तिहरुका लागि अन्तर्राष्ट्रिय प्रणाली सुहाउँदो बनाउन आवश्यक रहेको बताए ।

उनले नेपाली राहदानीमा राजनीतिक गर्ने व्यक्तिहरुले सांसद वा अन्य कुनै प्रोफेसन लेख्ने प्रणाली बनाउनुपर्ने बताए । उनले वर्तमान समयमा अनलाइनबाट अपडेट गरेर अन्तर्राष्ट्रिय प्रणाली सुहाउँदो बनाउन सक्ने बताउनु पर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !