१२ आश्विन २०८१, शनिबार

चिर्पट प्रहार गरी श्रीमतीको हत्या

प्रकाशित मिति :  21 June, 2023 6:08 pm


संकेतिक फाइल फोटो

काठमाडौँ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नम्बर ३ सिकैचाका लक्ष्मण चाम्लिङ राईले दाउराको चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

मादक पदार्थ सेवन गरेका राईले मङ्गलबार साँझ टाउकामा चिर्पट प्रहार गर्दा ३१ वर्षीया श्रीमती निशा राईको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले ताप्लेजुङले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मापसे गरेका राईले घरमा आएर श्रीमतीसँग झगडा गरेका थिए । झगडाकै क्रममा चिर्पट प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी चौकी काँडेभञ्ज्याङबाट प्रहरी टोली पुगेको छ । लक्ष्मणलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस !