१२ आश्विन २०८१, शनिबार

यी प्रदेशमा वर्षाको सम्भावना

प्रकाशित मिति :  22 June, 2023 7:23 am


सांकेतिक तस्बिर

काठमाडौँ । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै पश्चिमी नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी र बागमती प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ\गर्जन रचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एक\दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

महाशाखाका अनुसार राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ\गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती तथा गण्डकी प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।



प्रतिक्रिया दिनुहोस !