१२ आश्विन २०८१, शनिबार

स्थापनाको पहिलो वर्ष सौहार्दपूर्ण रह्यो : रवि लामिछाने

प्रकाशित मिति :  22 June, 2023 12:38 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापनाको पहिलो वर्ष पुरा गरेको छ ।

पार्टी स्थापना भएको एक वर्ष पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति रवि लामिछानेले स्थापनाको पहिलो वर्ष सौहार्दपूर्ण रहेको बताए ।

हामीलाई जनताले आशा र भरोसाका साथ हेरेको पाएको छु, लामिछानेले भने एक वर्षको अवधि उर्जावान र सकारात्मक रह्यो समाजले परिर्वतन खोजेको छ भन्ने कुरा मतपत्रबाट जाहेर भइरहेको छ ।

उनले विचार र नीति जनतासम्म पुर्‍याउन चुनौती रहेको बताउँदै स्थानीय तहको निर्वाचनबाट जनतासम्म पुगेको बताए। संगठन विस्तार गर्दै आफूहरूले चाहेकोजस्तो नेतृत्व तय गर्ने बताए।

साथै उनले पार्टीमा क्षमतावान् साथीहरू जोडिएकाले अहिलेको चुनौती पार गर्ने विश्वास व्यक्त गरे।



प्रतिक्रिया दिनुहोस !