१२ आश्विन २०८१, शनिबार

देशको सार्वभौमिकतामा म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन : मेयर बालेन

प्रकाशित मिति :  22 June, 2023 2:41 pm


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले देशको सार्वभौमिकता र स्वाधीनताको विषयमा कुनै पनि अदालत र कानूनको कुरा नमान्ने बताएका छन् ।

विवादित फिल्म आदिपुरुषको आपत्तिजनक संवाद नसच्याएपछि शाहले काठमाडौँ महानगरभित्र हिन्दी फिल्म सञ्चालनमा रोक लगाउने निर्णय गरेका थिए । सो निर्णयविरुद्ध उच्च अदालत पाटनमा मुद्दा परेको अवस्थामा शाहले यस्तो अभिव्यक्ति दिएका हुन् ।

मेयर साहले आफूलाई भारतीय चलचित्रको प्रदर्शन रोक्दा स्टन्ट गरेको भनेर सरकारले आरोप लगाएको बताए । अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको स्वीकार्नु रहेको बालेनको आरोप छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन। फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सकेपछि उनीहरूको नियत थाहा हुन्छ, । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारत को गुलाम भएको बुझिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन।’



प्रतिक्रिया दिनुहोस !