१२ आश्विन २०८१, शनिबार

समाज परिवतर्नको लागि तयार भएको कुरा मतपत्रमा जायर हुन थाल्योः सभापति लामिछाने

प्रकाशित मिति :  22 June, 2023 3:49 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समाज परिवर्तनको लागि तयार भएको कुरा मतपत्रमा देखिन थालेको बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरूसँग सभापति लामिछानेले समाज परिवर्तनका लागि तयार भइसकेको मतपत्रमा जायर हुन थालेको बताएका हुन् ।

उनले आफ्नो पार्टीको एक वर्षको यात्रा सौहार्दपूर्ण र सकारात्मक रूपमा बितेको बताए । उनले रास्वपालाई जनताले आशा र भरोसाको रूपमा लिएको बताए ।

“शुरुवात गर्दाखेरी हामीलाई विश्वास त थियो तर त्यो विश्वास मतमा बदलिन्छ कि बदलिँदैन भन्ने कुराको त्यति धेरै हेक्का थिएन । समाजले परिवर्तन खोजेको छ भन्ने कुराको जानकारी त विभिन्न माध्यमबाट हामीलाई थियो ।” उनले भने, “तर साँच्चिकै समाज अब परिवर्तनका लागि तयार नै भएको हो र त्यो तयार भएको कुरा मतपत्रबाट नै जायर गर्छ भन्ने कुराको एउटा स्पष्ट संकेत, हाम्रो भाषामा घन्टी बजिसकेको छ । यो एक वर्षको यात्रा अत्यन्त सौहार्दपूर्ण रह्यो । यसलाई अत्यन्त सकारात्मक रुपमा हेरेको जानकारी गराउँछु ।”

सभापति लामिछानेले आफूहरू संगठन निर्माण र सुदृढिकरणमा लागिरहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !