१२ आश्विन २०८१, शनिबार

हरेक पहाडका टाकुरालाई पर्यटन स्थल बनाऔँः वामदेव गौतम

प्रकाशित मिति :  22 June, 2023 6:00 pm


काठमाडाैँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हरेक पहाडको टाकुरालाई पर्यटन स्थल बनाएर नेपालको विकास गर्नुपर्ने बताएका छन् ।

बिहीबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपालमा रहेका १० हजार भन्दा बढी पहाडी टाकुरालाई पर्यटन स्थलको रुपमा विकास गर्नुपर्ने बताएका हुन् । उनले नेपाललाई भूगर्भ र सतहअनुसार विकास गर्न नसक्दा दिगो विकास हुन नसकेको बताए ।

गाैतमले नेपालको जमिन हल्लिरहेको भन्दै उनले कुनैपनि बेला विपद्जन्य घटनाहरू हुन सक्नेप्रति सरकारको ध्यानाकर्षण गराए ।

सदस्य गौतमले पहाडमा जबरजस्ती चलाइएको डोजर आतंक रोकेर दिगो विकास लागू गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !