१२ आश्विन २०८१, शनिबार

स्याङ्जामा चोरीको सुन सहित एक जना महिला प्रकाउ

प्रकाशित मिति :  22 June, 2023 6:10 pm


स्याङ्जा । स्याङ्जामा चोरीको सुन सहित एक जना महिला प्रकाउ परेकी छ्न्। पर्वत जिल्ला मोदी गाउँपालिका वडा नम्बर ३ बस्ने २४ वर्षीय महिला कुसुम वि।सी। लाई वालिङबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

प्रकाउ परेकी वि।सी। ले विगत केही बर्ष अगाडि देखी सामाजिक संजाल टिकटक मार्फत सुनका गरगहना लगायका अपरिचित मानिसहरूलाई साथी बनाई चोरी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

उनले टिकटक भिडियोहरूमा लाईक तथा कमेन्ट गरी टिकटक मार्फत नै कुराकानी गरी उनीहरूलाई साथी बनाइ घरमा गई बसी टिकटक बनाएर निजहरूले लगाएको गरगहनाहरू राखेको ताला चाबी के कहाँ राखेका छन , गोप्य रूपमा बुझी घरमा कोही नभएको मौकामा घरकोठा रहेका दराजहरूमा रहेको सुनका गर गहनाहरू चोरी बेचबिखन गर्दै आईरहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेकी बि।सी। ले वालिङ नगरपालिका वडा नम्बर ६ एक्ले पिपल स्थित एक महिलालाई सामाजिक सञ्जाल टिकटक मार्फत साथी बनाई निजको घरमा गई बसी मिठो बोलिबचन राम्रो व्यवहार देखाई निजको घरकोठामा दराजमा रहेको आधी तोलाको सुनको बेरूवा औँठी एक थान, १ तोला बराबरको लकेट सहितको सुनको सुनको सिक्री एक थान चोरी पोखरा स्थित ज्वेलर्समा लगि बेचेकी थिइन्।

बि।सी। लाई पक्राउ गरी स्याङ्जा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई वडा प्रहरी कार्यालय वालिङ स्याङ्जामा राखि थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !