१२ आश्विन २०८१, शनिबार

प्रतिनिधि सभाको बैठक बस्दै

प्रकाशित मिति :  23 June, 2023 9:41 am


काठमाडौँ । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजेबाट शुरु हुनेछ ।

आजको बैठकमा सांसदहरुले प्रधानमन्त्रीसँग सवालजवाफ गर्नेछन् भने सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटमाथि मन्त्रालयगत छलफल हुनेछ कार्यक्रम रहेको छ ।

आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, रक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालयको बजेटसम्बन्धी छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस !