१२ आश्विन २०८१, शनिबार

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नी शोक

प्रकाशित मिति :  23 June, 2023 10:01 am


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नीशोक परेको छ ।

चन्द्रकी धर्मपत्नी दिव्यश्वरी चन्दको शुक्रबार बिहान ८२ वर्षको उमेरमा निधन भएको हो । उच्च रक्तचाप, पक्षघात लगायत रोगबाट पीडित चन्दको उपचारका क्रममा आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।

उनका दुई छोरा र दुई छोरी रहेका छन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।



प्रतिक्रिया दिनुहोस !