१२ आश्विन २०८१, शनिबार

काठमाडौँबाट गुजरातका लागि छुटेको बस गल्छीमा दुर्घटना

प्रकाशित मिति :  23 June, 2023 10:51 am


काठमाडौँ । काठमाडौँबाट भारतको गुजरातका लागि छुटेको यात्रुबाहक बस धादिङको गल्छीमा दुर्घटना भएको छ ।

दुर्घटनामा परेर एक जना बालकको मृत्यु भएको घटनास्थलमा खटिएका सुरक्षा अधिकारीहरूले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बसमा ३० जना यात्रुहरू थिए । तीमध्ये केही घाइते भएका र उनीहरूलाई अस्पताल पठाएको प्रहरी कार्यालयले जनाएको छ ।

बस दुर्घटना हुँदा सडक अवरुद्ध भएको थियो । अहिले भने बसलाई उठाइसकेकाले बाटो खुलिसकेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस !