१२ आश्विन २०८१, शनिबार

सवारी दुर्घटनाको घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रकाशित मिति :  23 June, 2023 11:15 am


काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको सहिदलखन गाउँपालिका वडा नम्बर ३ मा भएको सवारी दुर्घटना हुदाँ पाँच जनाको निधन भएको घटनाप्रति दु :ख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालल दुर्घटनामा परी निधन भएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन्। उनले दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

सहिद लखन गाउँपालिका वडा नम्बर ३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङ फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जीप गए राति दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो। दुर्घटनामा १२ जना घाइते भएका छन्।



प्रतिक्रिया दिनुहोस !