१२ आश्विन २०८१, शनिबार

ओरालो लाग्यो सुन, कति छ आजको मूल्य ?

प्रकाशित मिति :  23 June, 2023 11:36 am


काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार छापावाला सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलाको ७०० रुपैयाँ घटेर तोलाको एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ९ हजार ३०० रुपैयाँ तोकिएको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । बिहिबार तोलाको १३६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज शुक्रबार तोलाको २५ रुपैयाँ घटेर प्रतितोला १३३५ रुपैयाँ कारोबार मूल्य तोकिएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !