१२ आश्विन २०८१, शनिबार

भौगोलिक अवस्थितिको अध्ययन गरेर मात्रै मुलुकको विकासको मोडालिटी तयार गर्नुपर्ने : प्रधानमन्त्री

प्रकाशित मिति :  23 June, 2023 12:20 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भौगोलिक अवस्थितिको अध्ययन गरेर मात्रै मुलुकको विकासको मोडालिटी तयार गर्नु जरुरी देखिएको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नउत्तर कार्यक्रम बोल्दै प्रधानमन्त्री दाहालले विकासको लागि सबैभन्दा पहिला मुलुकको भौगोलिक अवस्थाको अध्ययन गर्न आवश्यक देखिएको बताए ।

उनले वर्षायाम सुरु भएसँगै मुलुकका विभिन्न जिल्लामा बाढी पहिरोको कारण जनधनको क्षति भएको भन्दै बाढी
पहिरो रोक्न मुलुकको विकासको मोडालिटी भौगोलिक अवस्थितिको अध्ययन गरेर मात्रै बनाउनु पर्ने आवश्यकता देखिएको बताए।

उनले सरकार र स्थानीय तहले मुलुकको भौगोलिक अवस्थितिबारे अध्ययन नगरी विकास मोडालिटी बनाएर बाढी पहिरोका घटना दोहोरिरहने अवस्था देखिएको बताए।

दाहालले सरकारले बनाउने विकासको मोडालिटिको विषयमा गम्भिर रहेको बताएका छन्।



प्रतिक्रिया दिनुहोस !