१२ आश्विन २०८१, शनिबार

मधेशमा कम बजेट दिएको भन्ने सत्य होइन : प्रधानमन्त्री दाहाल

प्रकाशित मिति :  23 June, 2023 1:20 pm


काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको बजेटमा मधेस प्रदेशमा कम बजेट विनियोजन गरिएको कुरा सत्य नभएको बताएका छन् ।  

शुक्रबार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रश्नउत्तर कार्यक्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले संघीयताको मर्म अनुरुप संघबाट प्रदेश र स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको १५ प्रतिशत भन्दा बढी रकम मधेस प्रदेशमा जाने गरेको बताएका हुन् ।

उनले संघबाट सञ्चालन हुने पूर्वपश्चिम राजमार्ग पथलैया वीरगञ्ज करिडोर चन्द्रपुर गौर राजमार्ग,हुलाकी राजमार्ग,सुनकोशी मरिनडाइभर्सन,वागमती कमला चन्द्रनहर लगायतका सिंचाई आयोजना विभिन्न औधोगिक पूर्वाधार तथा व्यापारीक पूर्वाधार आयोजनाहरू तराई मधेसलाई लक्षित गरि नै अगाडि बढाएको बताए ।

प्रचण्डले तराई मधेस समृद्धि कार्यक्रम,मधेसलाई काठमाडौँसँग जोड्ने द्रुतमार्ग लगायतका ठूला परियोजना पनि मधेस प्रदेशमा पर्नेमा तीनको समयवद्ध कार्यान्वयनको लागि बजेट विनियोजन गरिएको बताए ।

उनले मधेसमा सञ्चालनमा रहेका आयोजनाहरूको कार्य प्रगति आवश्यकताका आधारमा बजेट विनियोजन हुने भएकाले बजेटको अंकसँगै त्यसले पार्ने वृहत प्रभावलाई समेत सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !