१२ आश्विन २०८१, शनिबार

आजदेखि टाटा मोटर्सका सोरूमहरूमा एक्सचेन्ज विक–एन्ड सुरू

प्रकाशित मिति :  23 June, 2023 1:10 pm


काठमाडाैँ । काठमाडौँ लगायत सिप्रदी तथा सिप्रदीका नेपालभरी रहेका आधिकारिक टाटा मोटर्स सोरूमहरूमा ‘एक्सचेन्ज विक–एन्ड’ विशेष एक्सचेन्ज क्याम्प सञ्चालन हुने भएको छ।

आज देखि शुरु हुने सो क्याम्प आगामी असार १२ सम्म चल्ने कम्पनीले बताएको छ। कम्पनीले ग्राहकहरूलाई सोरूममा आएर विद्युतीय गाडीहरू साटेर फाइदा लिन समेत आग्रह गरेको छ।

उक्त व्यवस्थालाई अझ सहज बनाउने उद्देश्यले सोरूममा इन्स्योरेन्स सुविधा, बैंकिङ सुविधाका साथै गाडी मूल्यांकन गर्न विभिन्न दक्ष मुल्यांकनकर्ताहरूको पनि सहभागिता हुनेछ।

टाटा मोटर्सका ग्राहक तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेलबाट चल्ने सवारी साधनलाई बजारले टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै सोरूमबाट व्यवस्था गरिएको छ।

चलिरहेको बजारको मूल्यभन्दा गाडीको विशेष मूल्यांकन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधाका साथै हरेक गाडी हस्तान्तरणमा विभिन्न अफरहरू पनि पाइने बताइएको छ।



प्रतिक्रिया दिनुहोस !