१२ आश्विन २०८१, शनिबार

बजेटमा स्रोत र साधनको न्यायपूर्ण विनियोजन भएको छः प्रधानमन्त्री दाहाल

प्रकाशित मिति :  23 June, 2023 2:46 pm


काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आवश्यकताको आधारमा बजेट विनियोजन भएको बताएका छन् । 

शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सरकारले लिएका नीतिगत प्राथमिकता, विभिन्न विषय क्षेत्रको विकासको लागि गर्नुपर्ने लगानी र आवश्यकताका आधारमा बजेट विनियोजन भएको बताएका हुन् ।

उनले मानव विकासका सूचकांकमा पछाडी परेका कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशलाई विशेष प्राथमिकतामा राखी स्रोत र साधनको न्यायपूर्ण विनियोजन गरिएको बताए ।

उनले राज्यको सम्पूर्ण संरचनालाई समावेशी बनाउँदै समावेशी लोकतन्त्रको सुदृढीकरणका लागि सरकार प्रयत्नशील रहेको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस !