१२ आश्विन २०८१, शनिबार

आजदेखि देशभर फैलियो मनसुन भारी वर्षा हुने सम्भावना

प्रकाशित मिति :  23 June, 2023 3:08 pm


काठमाडौं । आजदेखि देशभर मनसुन फैलिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज शुक्रबार असार ८ गते बुलेटिन जारी गर्दै आज देखि मनसुन (वर्षायाम ल्याउने मौसमी प्रणाली) देशभर फैलिएको महाशाखाले जनाएको छ।

नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा एकदिन ढिला गरी जुन १४ तारिख ९जेठ ३१ गते० कोशी, मधेश र गण्डकी प्रदेशको पूर्वी भाग र बागमती प्रदेशका अधिकांश क्षेत्रमा प्रवेश गरेको थियो। यस हिसाबले मनसुन देशभर फैलिन ९ दिन लागेको महाशाखाले जनाएको छ।

मनसुन देशभर फैलिएको र सक्रिय अवस्थामा रहेकाले आगामी तीन दिन ९असार ८ देखि १०० सम्ममा देशका धेरै स्थानहरुमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।

विशेष बुलेटिनमा अगाडि भनिएको छ– साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाका साथै सोही प्रदेशका एकरदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ।’

जसका कारण बाढी, पहिरो, डुबान, भूक्षय, बाटो हिलाम्य हुने तथा गेग्रान बहाव प्रभावहरूले सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्यलगायतका क्षेत्र प्रभावित हुन सक्ने देखिएको महाशाखाले जनाएको छ।

‘त्यसैले खराब मौसमका कारणले हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मौसमविद्का अनुसार २४ घण्टामा– १० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ।



प्रतिक्रिया दिनुहोस !