१२ आश्विन २०८१, शनिबार

वायुसेवा निगममा कर्मचारी थप्नु भनेको आमाको रगत खानु बराबर हो : योगेश भट्टराई

प्रकाशित मिति :  23 June, 2023 3:33 pm


काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले वायु सेवा निगममा कर्मचारी थप गर्नु भनेको आमाको रगत खानु बराबर भएको बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराइले थला पर्न लागेको निगममा थप कर्मचारी भर्ना गर्नु नेपाल आमाको रगत खाएजस्तै हुने टिप्पणी गरेका छन् ।

३ हजार कर्मचारी राखेर ४ ओटा प्लेन उडाइराख्न आवश्यक नभएको भन्दै कर्मचारी थप्नुभन्दा कटौती गर्नुपर्ने बताएका छन् । उनले एमालले तीन वर्ष सरकार सञ्चालनमा गर्दा एक जना पनि कर्मचारी थप नभएको भन्दै अहिले निगममा सयौं कर्मचारी भर्ती गरिएको भन्दै असन्तुष्टी जनाए ।

उनले नेपाल वायु सेवा निगममा कर्मचारी भर्ती गर्नु आमाको रगत खानु जस्तै भएको र अहिलेको अवस्था यस्तै रहेको बताए ।

उनले भने, ‘जुन आमाको दुध आउँदैन् त्यहि आमाको दुध चुसीराख्नु रगत चुसेजस्तै हो, नेपाल वायु सेवा निगममा कर्मचारी चर्ति गर्नु आमाको रगत खाए जत्तिकै हो । त्यसपछि चाइनिज जहाजहरु किन ल्याइयो ? कसको स्वार्थमा ल्याइयो ? यसको प्रश्नको जानकारी सांसदले पाउनुपर्छ कसको पालामा आयो रु आज चाइनिज जहाजका कारणले अर्बौँ नोक्सानी भईरहेको छ ।’



प्रतिक्रिया दिनुहोस !