१२ आश्विन २०८१, शनिबार

नेपालको सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्छः सांसद महासेठ

प्रकाशित मिति :  23 June, 2023 5:21 pm


काठमाडाैँ । नेकपा(एमाले)का सांसद रघुविर महासेठले नेपालको सीमानाको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई दिनुपर्ने बताएका छन् ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद महासेठले पुराना हतियारहरूलाई डम्पिङ गर्दै हतियारको आधुनिकीकरणमा पनि ध्यान दिनुपर्ने बताएका हुन् ।

उनले नेपाली सेनालाई आफूसँग सम्बन्धित बाहेकका उद्योग, व्यापारमा लगाउनु नहुने बताउँदै नेपाली सेनालाई राष्ट्रिय पहिचानको प्रवद्र्धन, बाहिरी र आन्तरिक सुरक्षा व्यवस्थालाई मजबुत बनाउँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव, सहिष्णुता र सहकार्यको संस्कृतिलाई सुदृढ गर्न तर्फ परिचालन गर्नुपर्ने बताए ।

महासेठले कारागार सुधार गृहको रूपमा विकास हुन नसकेको भन्दै कारागारलाई सुधार गृहको रूपमा विकास गर्नुपर्नेमा जो दिए । 



प्रतिक्रिया दिनुहोस !