१२ आश्विन २०८१, शनिबार

कला जीवनको अभिन्न पक्ष होः गृहमन्त्री श्रेष्ठ

प्रकाशित मिति :  23 June, 2023 5:55 pm


काठमाडाैँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कला जीवनका विभिन्न आयामहरूको प्रतिबिम्व भएको बताएका छ्न् ।

शुक्रबारबाट काठमाडौँमा नेपालस्थित बंगलादेशी दुतावासले सुरू गरेको लभ फर ल्याङ्ग्वेज एण्ड कल्चर मेलालाई सम्बोधन गर्दै उनले कलाले परम्परा, संस्कृतिलाई प्रतिनिधित्व गर्ने बताएका हुन् ।

उनले कलाले पहिचानलाई पनि आफ्नो समाज र विश्वमै सम्प्रेषित गर्ने काम गर्ने बताउँदै कला जीवनको अभिन्न पक्ष भएको भन्दै कलाको संरक्षण र संवद्र्धन गर्न जरुरी रहेको बताए ।

मेला असार ८ गतेदेखि १२ गतेसम्म बबरमहलस्थित कला परिषद्मा सञ्चालन हुनेछ । मेलामा नेपाल र बंगलादेशबिचका सम्बन्धका सांस्कृतिक महत्वका चित्रहरू प्रदर्शन गरिनेछ । 



प्रतिक्रिया दिनुहोस !