१२ आश्विन २०८१, शनिबार

ट्राफिक प्रहरीको लापसे चेकिङमा दुई जना पक्राउ

प्रकाशित मिति :  24 June, 2023 11:17 am


काठमाडौँ । काठमाडौँको तार्केश्वर नगरपालिका वडा नम्बर ६ स्थित धर्मस्थलीमा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन (लापसे)गरी सवारी साधन चलाउँदै गरेका दुई जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा बा ९१ प २३ ३२ नम्बरका मोटरसाइकल चालक रामेछाप घर भएका २१ वर्षीय रविन मगर र बागमती प्रदेश ०२(०२० प ६४ ३७ नम्बरको स्कुटर चालक काठमाडौंको तार्केश्वएर नगरपालिका ६ का २२ वर्षीय लक्ष्मण बाँनिया रहेका छन् ।

नियन्त्रणमा लिएका ‍ दुवैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त बालाजुमा राखिएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी चौकी धर्मस्थलीको संयुक्त टोलिले शुक्रबार २१ वटा सवारी साधनका चालकलाई चेक गर्दा दुई जना भने ‍लागुपदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा फेला परेका थिए ।

लागुपदार्थ सेवनले सेवनकर्ताको शारीरिक तथा मानसिक स्थितीमा परिवर्तन ल्याउनुका साथै यसको सेवन गरेर सवारी साधन चलाउँदा सवारी दुर्घटनाको समेत जोखिम हुने भएकाले नशालु पदार्थ सेवन गरी सवारी साधन नचलाउन चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरे ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाको ट्राफिक व्यवस्थापनका अलवा सडक सुरक्षा सम्बन्धी विविध जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !