१२ आश्विन २०८१, शनिबार

प्रतिनिधिसभा बैठक बस्दै

प्रकाशित मिति :  25 June, 2023 8:20 am


काठकाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दै छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे उक्त बैठक बस्न लागेको हो । आजको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल हुनेछ।

आजको बैठकमा गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, शहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधि मन्त्रीले विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !