१२ आश्विन २०८१, शनिबार

बागलुङको ढोरपाटनमा चट्याङ लागेर दुई जनाको मृत्यु

प्रकाशित मिति :  25 June, 2023 8:48 am


बागलुङ । बागलुङको ढोरपाटनमा परेको चट्याङ लागेर दुई जना स्थानियको मृत्यु भएको छ ।

शनिबार राति करिब ९ बजेको समयमा ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा चट्याङ परेको थियो । उक्त चट्याङका कारण सोहि घरका दिनेश विक र सुनिता विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ।

चट्याङ लागेर यमकुमारी विक घाइते भएकी छिन् । घाइते यमकुमारीलाई थप उपचारका लागि अस्पताल पुर्याइएको छ ।



प्रतिक्रिया दिनुहोस !