१ माघ २०८१, मंगलबार

गृहमन्त्री श्रेष्ठ चीन भ्रमणमा जाँदै, चार दिन पछि नेपाल फर्कने

प्रकाशित मिति :  25 June, 2023 11:09 am


काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् ।

श्रेष्ठको सचिवालयका अनुसार ७ सदस्यीय टोलीसहित मंगलबार साँझ ७ बजे उनी चीनको छेन्दु शहरमा जान लागेका हुन् ।

चीनको छेन्दुमा हुने एक व्यापार मेलामा विशेष अतिथिको रूपमा सहभागी हुनका लागि उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ जान लागेका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठ ४ दिन छेन्दु मा नै रहने छन् भने सो क्रममा त्यहाँको विश्वविद्यालयको अवलोकन तथा भ्रमण गर्ने लगायतको कार्यक्रम रहेको उनकाे सचिवालय जनाएकाे छ । उनी शुक्रबार मात्र स्वदेश फर्कने छन् ।



प्रतिक्रिया दिनुहोस !