१२ आश्विन २०८१, शनिबार

नेकपा विभाजनको यथार्थ विश्लेषण हुनुपर्छः अध्यक्ष ओली

प्रकाशित मिति :  25 June, 2023 5:41 pm


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्नुपर्ने बताएका छन् ।

आइतबार केशवप्रसाद बडालद्वारा लिखित पुस्तक सिंहावलोकनको लोकर्पण गर्दै उनले नेकपा विभाजनका कारणरूको यथार्थ विश्लेषण गर्ने हो भने भविष्यलाई राम्रो हुने बताए । उनले पार्टी किन विभाजनसम्म पुग्यो ? कस्तो पृष्ठभूमिबाट विभाजनसम्म पुग्यो ? भन्नेकुराको यथार्थ नागरिकले थाहा पाउनुपर्ने आवश्यक रहेको बताए ।

अध्यक्ष ओलीले नेकपा विभाजन हुनुको कारण स्वचालित थियो वा परिचालित के थियो ? त्यसको विश्लेषण जरुरी रहेको बताए ।

उनले भने, “अढाई वर्षअघि हाम्रो पार्टी विभाजन भयो, त्यो विभाजन यसले यसो भन्यो, यसो भन्यो भनेर मात्रै हुँदैन । त्यसका पछाडिका कारणहरु के थिए । उद्देश्यहरु के थिए । किन विभाजन भयो ? किन गरियो ? कस्तो पृष्ठभूमिबाट त्यो विभाजनसम्म पुग्यो रु यी कुराहरु अलिकति आउनुपर्छ । विभाजन भयो भन्ने मात्रै कुरा भन्दा अलि त्यसलाई किन र कसरी ? केका लागि विभाजन भयो ? के उद्देश्य थियो ? त्यसमा आन्तरिक कारण कति थियो ? बाह्य कारण कति थियो ? स्वचालित कति थियो ?परिचालित कति थियो ? रिमोट कन्ट्रोल कति थियो, त्यहीँबाट बटन घुमाउने कति थियो? यो सबै कुराको हामीले यथार्थ विश्लेषण आन्दोलनको हितका लागि ग¥यौँ भने त्यसले भविष्यलाई राम्रो हुन्छ ।”

अध्यक्ष ओलीले नेकपा विभाजनको यथार्थ विश्लेषण आन्दोलनको हितका लागि राम्रो हुने बताए ।



प्रतिक्रिया दिनुहोस !