१२ आश्विन २०८१, शनिबार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई नमुना मन्त्रालयको रूपमा विकास गरिनेछ : मन्त्री आचार्य

प्रकाशित मिति :  25 June, 2023 5:46 pm


काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले आफ्नो मन्त्रालयलाई अपांगमैंत्री नमुना मन्त्रालयको रूपमा विकास गर्ने कामलाई प्राथमिकता दिइएको बताएका छन् ।

आइतबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

मन्त्री आचार्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई राष्ट्रिय प्राथमिकताको क्षेत्रमा परिचालन गर्ने व्यवस्था गरिएको पनि बताए ।

गैरसरकारी संस्थाहरूले आफूखुसी काम गरिरहेको गुनासो आइरहेका बेला मन्त्री आचार्यले उनीहरूलाई राष्ट्रिय आवश्यकताको आधारमा परिचालन हुनेगरी आवश्यक व्यवस्था मिलाइएको बताए । उनले सरकारी तथा गैरसरकारी संस्थाहरुको अनुगमन र मूल्यांकनका लागि प्रदेश र स्थानीय तहसम्म पनि योजना तर्जुमा गर्नका लागि अन्तरक्रिया कार्यक्रम गर्ने योजना रहेको समेत बताए ।

मन्त्री आचार्यले समाज कल्याण परिषद्काे कामलाई प्रभावकारी बनाउने गरी अनुगमनको कामलाई विशेष जोड दिइएको बताए ।



प्रतिक्रिया दिनुहोस !