१२ आश्विन २०८१, शनिबार

सुनिलस्मृतिको बजेट रु.५० करोड ८५ लाख,सामाजिक विकास र भौतिक पूर्वाधार प्राथमिकतामा [पूर्ण पाठसहित]

प्रकाशित मिति :  25 June, 2023 6:29 pm


राेल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ५० करोड ८५ लाख १६ हजार को बजेट सार्वजनिक गरेको छ ।

आज सार्वजनिक बजेट अनुसार ३५ करोड १३ लाख २६ हजार रुपैयाँ चालु खर्चका लागि र पुँजीगततर्फ १५ करोड ७१ लाख ९० हजार रुपैया विनियोजन गरिएको छ। विनियोजित रकम मध्ये कुल खर्चमा चालु खर्च र पूँजीगत खर्चको अनुपात क्रमशः ७०.५ प्रतिशत र २९.५ प्रतिशत रहेको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि सबैभन्दा बढी बजेट सामाजिक विकास र भौतिक पूर्वाधारका लागि छुट्टाएको छ ।

सामाजिक विकास तर्फ शिक्षा क्षेत्रको विकास, स्वास्थ्य, खानेपानी तथा सरसफाई, संस्कृति प्रर्वद्वन, खेलकूद तथा मनोरञ्जन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको समग्र विकास र विस्तारको लागि रु २८ करोड ८३ लाख ०४ हजार रकम विनियोजन गरिएको छ ।

यस्तै पूर्वाधार विकास तर्फ स्थानीय सडक, पुल तथा झोलुङ्गे पुल, सिंचाई, भवन तथा सहरी विकास, उर्जा, लघु तथा साना जलविद्युत (वैकल्पिक उर्जा समेत) र संचार क्षेत्रको समग्र विकास र विस्तारको लागि रु. १० करोड १९ लाख ८० हजार रुपैया रकम विनियोजन गरिएको छ ।

आर्थिक विकास तर्फ कृषि क्षेत्रको विकास तथा आधुनिकिकरण, उद्योग तथा वाणिज्य क्षेत्रको विेकास र विस्तार, पर्यटन प्रवर्धन, सहकारी र वित्तीय क्षेत्रको विकास र विस्तारको लागि रु. १ करोड २४ लाख ३२ हजार रुपैया रकम विनियोजन गरिएको छ ।

वन, वातावरण तथा विपद व्यवस्थापन तर्फ वन तथा भू संरक्षण, जलाधार संरक्षण, वातावरण संरक्षण, जलवायु परिवर्तन, फोहर मैला तथा ढल व्यवस्थापन, जलउत्पन्न प्रकोप नियन्त्रण, विपद् व्यवस्थापन र वारुण यन्त्र सञ्चालन आदि कार्यको लागि रु. ११ लाख रुपैया रकम विनियोजन गरिएको छ ।

गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरको सुदृढीकरणको लागि रु १० लाख विनियोजन गरिएको छ। जसबाट अस्पताल भवन भित्रै आफ्नै औषधि पसल सञ्चालनमा ल्याइने छ।

साथै राजस्व संकलन र जिन्सी व्यवस्थापनलाई सफ्टवेयरमा आधारित गराई वित्तीय चुहावटको जोखिमलाई नियन्त्रणमा ल्याइने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

गाउँपालिकाले २०८१ साल असार मसान्तसम्म पालिकालाई बालमैत्री स्थानी शासनयुक्त पालिका घोषणा गर्ने संकल्प गरे अनुरुप कार्य अघि बढाउन विशेष प्राथमिकताका साथ वजेट विनियोजन गरिएको उल्लेख छ ।

नेपाल सरकारले निःशुल्क वितरण गर्ने औषधिहरूलाई पालिकामार्फत समेत निशुल्क उपलव्ध गराउने सोचका साथ पालिकावाट छुट्टै १७ लाख वजेट विनियोजन गरिएको छ।

बजेटकाे पूर्ण पाठ



प्रतिक्रिया दिनुहोस !