१२ आश्विन २०८१, शनिबार

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति :  26 June, 2023 7:25 am


काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार देशभर आँशिक देखि सामान्य बदली रहेको छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ\ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी , गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका धेरै भूभागहरू र बांकी तराईका थोरै स्थानहरुमा हावा हुरीको समेत संभावना रहेको छ।

त्यस्तै कोशी, बागमती र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन र चट्याङ्ग हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक\दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । कोशी प्रदेश र मधेश प्रदेशका धेरै भू-भागहरू र बाँकी तराईका थोरै स्थानहरुमा हावा हुरीको समेत संभावना रहेको महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !