१२ आश्विन २०८१, शनिबार

प्रतिनिधि सभा बैठक बस्दै, आज पनि मन्त्रीहरूले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने

प्रकाशित मिति :  26 June, 2023 7:51 am


फाइल फाेटाे।

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । आजको बैठकमा विनियोजन विधेयक २०८० माथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यक्रम रहेको छ ।

हिजोदेखि सुरू भएको मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नबारे सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम आज पनि जारी रहनेछ। संघीय संसद सचिवालयका अनुसार आज ८ वटा मन्त्रीले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।

आज रक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ।



प्रतिक्रिया दिनुहोस !