१२ आश्विन २०८१, शनिबार

यी नदीहरुमा आकस्मिक बहावको जोखिम

प्रकाशित मिति :  26 June, 2023 9:43 am


काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको मापन अनुसार कोशी, कन्काई, नारायणी, कर्णाली, महाकाली, बबई, पश्चिम राप्ति, कमला, बागमती, पूर्वी राप्ती र यसका सहायक नदीहरूको बहाव सतर्कता तह भन्दा तलै र सामान्य अवस्थामा रहेको छ।

महाशाखाका अनुसार सिन्धुपाल्चोक, कैलाली, कञ्चनपुर र आसपास भई बहने केही स(साना नदीहरूमा आकस्मिक बहाबको जोखिम रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। त्यस्तै पाँचथर, रसुवा, धादिङ, नुवाकोट, गोरखा, सल्यान, रोल्पा, रूकुम पश्चिम, जाजरकोट र आसपास भइ बहने केही स- साना नदीहरूमा बहाब बढ्न सक्ने पूर्वानुमान छ।

महाशाखाले आगामी तीन दिन कोशी, नारायणी, कर्णाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूमा पानीको बहाब बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस !