१२ आश्विन २०८१, शनिबार

भीरकोट नगरपालिकाले ल्यायो ७८ करोडको बजेट, पूर्वाधार निर्माणमा एक तिहाइ खर्च गर्ने लक्ष्य

प्रकाशित मिति :  26 June, 2023 11:41 am


काठमाडौँ । स्याङ्जाको भीरकोट नगरपालिकाले आर्थिक वर्ष २०८० /०८१ का लागि ७८ करोड ८२ लाख १६ हजार रुपैयाँको बजेट पेश गरेको छ ।

कुल विनियोजित रकम मध्ये चालु तर्फ ५८ करोड १५ लाख १६ हजार अर्थात ७४.४१ प्रतिशत रहेकोमा सशर्त अनुदान तर्फको चालु खर्च रु.४३ करोड ८५ लाख अर्थात ५५.६३ प्रतिशत र नगरपालिका तर्फको चालु खर्च रु.१४ करोड ३० लाख १६ हजार अर्थात १८.१४ प्रतिशत रहेको छ ।

त्यसैगरी कुल विनियोजित रकम मध्ये पुँजी खर्चतर्फ रु.२० करोड १७ लाख अर्थात २५.५९ प्रतिशत र सामाजिक सुरक्षा खर्च तर्फ रु.१८ करोड अर्थात २२.८३ प्रतिशत रहेको छ।

आगामी आर्थिक वर्ष २०८०/८१ का लागि अनुमान गरिएको कुल विनियोजित रकम मध्ये गत वर्षको नगद मौज्दात बाट ५० लाख, आन्तरिक राजश्वबाट रु.७ करोड ३१ लाख ३४ हजार १ सय, संघीय र प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँटबाट रु. ९ करोड ९७ लाख ९६ हजार ९ सय, अन्तर सरकारी वित्तीय हस्तान्तरण बाट ४२ करोड ५२ लाख ८५ हजार र अन्य स्रोतबाट ५० लाख गरी जम्मा रु ६० करोड ८२ लाख १६ हजार हुने अनुमान गरिएको छ ।

बजेटको प्रथामिकता

स्वास्थ्य जोखिममा रहेका नगरबासीहरूलाई उपचारको व्यवस्था, स्वास्थ्य सेवाको दायरा बिस्तार स्वास्थ्य संस्थाको पूर्वाधार निर्माण तथा स्तरोन्नति, स्वास्थ्य उपकरण तथा सामग्रीको आपूर्तिक लागि स्वास्थ्यकर्मीहरूको प्रभावकारी परिचालन गर्ने कार्यलाई बजेटमा पहिलो प्राथमिकता दिइएको छ।

त्यस्तै कृषिको व्यवसायिकरणलाई प्रोत्साहन गरि आधुनिक कृषि प्रविधि, उपकरण, उन्नत बिउ र मलकाे सहज उपलब्धता सुनिश्चित गर्न कृषि तथा पशुपालनजन्य वस्तुको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने, स्वच्छ खानेपानी, प्राविधिक एवम् गुणस्तरीय शिक्षा, सूचना प्रविधिको विकास लगायत सामाजिक आर्थिक तथा भौतिक पूर्वाधार निर्माण गर्ने, बेरोजगार यूवा यूवतीहरूको लागि रोजगारीको अवसर सृजना हुने योजना तथा कार्यक्रमहरू सञ्चाल गर्ने विषयहरूलाई बजेटमा प्राथमिकता दिइएको छ।

भौतिक पूर्वधार तर्फको बजेट

संघीय सरकारको समपूरक अनुदान र नगरपालिकाको सहलगानीमा सुन्दरबजार-मोहनडाँडा , ठूलीभन्जादेखि पर्वतको हातेमालोचोकसम्म सडक मर्मत सम्भार र स्तरोन्रति गर्न कार्यका लागि संघीय समपूरकबाट रु ६० लाख र नगरपालिकाबाट ६० लाख गरी जम्मा १ करोड २० लाख बजेट छुट्याइएको छ भने आँधिखोला तटबन्धनको लागि १ करोड १५ लाख विनियोजन गरिएको छ । मोहनडाँडा(पखेरे)ओकादी सडकको लागि ६७ लाख, बयरघारी दार्सिङ जगतपुर- केघा- बानेथोक सडकको लागि ५० लाख, मन्दिर, सामुदायिक भवन, खेलमैदान लगायतका पूर्वाधार निर्माणका लागि १ करोड ९९ लाख, खिलुङ कालिका सडकको लागि ५० लाख र नगर क्षेत्रका अन्य पूर्वाधार विकास गर्न ८० लाख विनियोजन गरिएको छ।

एकीकृत कृषि विकास कार्यक्रमको लागि ७० लाख, उन्नत बिउबिजन वितरणको लागि १० लाख ७५ हजार,कृषि पकेट क्षेत्र विकास र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि १६ लाख, नयाँ झोलुङ्गे पुल निर्माण र सम्भाव्यता अध्ययनका लागि ५५ लाख विनियोजन गरिएको छ।

वडाको बजेट

नगरपालिका अन्तर्गत वडा कार्यालयहरूबाट सामाजिक, आर्थिक, वन तथा वातावरण र संस्थागत विकाससँग सम्बन्धित योजना तथा कार्यक्रम पेश गर्ने गरी सम्पुर्ण वडाहरूलाई एकमुष्ठ रु। ३ करोड ५१ लाख विनियोजन गरिएको छ । वडा नम्बर १, २ , ४ र ६ को निम्ति प्रती वडा ३५ लाख रूपैयाँको दरले बजेट विनियोजन गरिएको छ। यसैगरी वडा नम्बर ३ र ८ लाई प्रती वडा ५० लाख रूपैयाँको दरले बजेट विनियोजन गरिएको छ भने वडा नम्बर ५ र ९ को लागि प्रती वडा ३७ लाखको दरले बजेट विनियोजन गरिएको छ।

त्यस्तै नगर उपप्रमुख भगवती रेग्मी अर्यालले प्रस्तुत गरेको बजेट,विनियोजन ऐन र आर्थिक ऐन नगर सभाले सर्वसम्मत पारित गरेको छ। नगर सभाले भीरकोट नगरपालिकाको शिक्षा ऐन २०७५ को पहिलो संशोधन र न्यायिक समितिको प्रतिवेदन समेत सर्वसम्मत पारित गरेको छ। शिक्षा ऐनको नयाँ व्यवस्था अनुसार शिक्षकको कार्यसम्पादन हेरीकन २ वर्ष भन्दा बढी एउटै विद्यालयमा कार्यरत शिक्षकलाई तह र विषय मिल्ने गरि सरूवा गर्न सकिनेछ।



प्रतिक्रिया दिनुहोस !