१२ आश्विन २०८१, शनिबार

काठमाडौँको भोटेबहालमा इनारमा डुबेर २ जनाको मृत्यु

प्रकाशित मिति :  26 June, 2023 11:17 am


काठमाडौँ । काठमाडौँको भोटेबहालमा इनारमा डुबेर २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा घर भएका ३६ वर्षीय दिपेन लिम्बु र सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) सीताराम रिजालले जानकारी दिए ।

सोमबार बिहान साढे ८ बजे उनीहरू इनारमा डुबेको अवस्थामा मृत फेला परेका हुन् । एसपी रिजालका अनुसार उनीहरु भोटेबहालको एक घरमा रङ लगाउन गएका थिए ।

पानी तान्ने क्रममा मोटर इनारमा खसेपछि मोटर निकाल्न दिपेन पहिला इनारमा गएका थिए। दिपेन डुबेपछि उनलाई बचाउन गएका जितेशको पनि डुबेर मृत्यु भएको एसपी रिजालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !