१२ आश्विन २०८१, शनिबार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

प्रकाशित मिति :  26 June, 2023 11:39 am


काठमाडौँ । नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज सोमबार छापावाला सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेर तोलाको एक लाख १० हजार ४०० रुपैयाँमा किनबेच भइरहेको छ ।

महासंघको अनुसार आज तेजावी सुन तोलाको एक लाख ९ हजार ८५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्यल तोलाको १५ रुपैयाँ बढेर तोलाको १३६५ रुपैयाँ किनबेच भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !